५ असोज । सुर्खेत जिल्लामा फिस्टुला केन्द्र स्थापना भएको छ । यो संगै अब फिस्टुलाका विरामीको उपचार सुर्खेतमै हुने भएको छ ।
१७ शैयाको फिस्टुला केन्द्रको उद्घाटन शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । ईन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) अन्र्तरगतको फिस्टुला फाउण्डेशन तथा मध्यपरिश्चमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतको सहयोगमा सुर्खेतमा १७ शैयाको फिस्टुल केन्द्र स्थापना भएको हो ।
सन् २००९ देखी सुर्खेतमा शिविरको रुपमा फिस्टुलाको उपचार हुंदै आएको भएपनी आगामी दिनमा नियमित विरामीको उपचार गर्न सकिने फिस्टुला केन्द्रका निर्देशक तथा स्त्री रोग विशेषज्ञ डा. सेर्ली हेउडले बताइन् ।
करीब पौने छ करोडको लागतमा स्थापना गरिएको फिस्टुला केन्द्रको लागी आवश्यक जग्गा भने मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतले उपलब्ध गराएको हो ।
फिस्टुला केन्द्र क्षेत्रीय अस्पताल सुर्खेतकै निगरानिमा रहेने म.प क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. डम्बर खड्काले बताए । डा. खड्काका अनुसार फिस्टुला केन्द्रका लागी सुर्खेतमाा विशेषज्ञ सहित १७ जना कर्मचारीको दरबन्दि रहेको छ ।
फिस्टुला केन्द्र सुर्खेतको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने कुरामा कर्णाली सरकार सकारात्मक रहेको बताए ।
प्रतिकृया दिनुहोस्