Birendranagar Municipality

विद्युतिय शवगृह बनाउन धार्मिक महोत्सव

सेरोफेरो/सुर्खेत
विद्युतिय शवगृह बनाउन धार्मिक महोत्सव

६ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरीनदी र झुप्राखोलाको दोभानमा पर्ने समझीघाटमा विद्युतिय शवगृह बन्ने भएको छ । जसका लागी महामहोत्सब सञ्चालन हुने भएको छ ।


सुर्खेत वीरेन्द्रनगरको खुल्ला मञ्चमा यहि असोज ९ गते देखी १६ गतेसम्म सञ्चालन हुने महोत्सबको पुर्ण तयारी भईसकेको मुलसमारोह समितिले जानकारी दिएको छ ।


दाहसंस्कार कार्यमा राज्यको दायित्व भएपनि नागरिक सरोकारवालाहरुले आँफै एकजुट भएर महोत्सव सञ्चालन गर्न लागेको भेरीगंगा (समझीघाट) सांस्कृतिक तथा धार्मीक महामहोत्सब मुलसमारोह समितीका अध्यक्ष छविलाल सिग्देलले बताए ।


भने ‘जनताको जन्म र मृत्युमा समेत राज्यको दायित्व हुनुपर्ने हो तर पनि हामी नागरिक सरोकारवालाहरु मिलेर यो काम गर्न लागेको हौं । ’ यो कार्य आम नागरिकका लागी एकदमै सहज र नमुना हुनसक्ने उनको आशा छ ।


पछिल्लो समय सुर्खेती जनताको मागलाई मध्यनजर गर्दै दाहसंस्कारका लागी मोक्षघाट आवश्यकता महशुस गरी मेलाको आयोजना गरिएको भेरीगंगा (समझीघाट) सांस्कृतिक धार्मीक महामहोत्सब २०७५ मुलसमारोह समितीका महासचिव सिताराम कार्कीले बताए ।


‘हामीले कुनैपनि एउटा धर्मलाई इङ्गित गरेर यो स्मार्ट मोक्षघाट बनाउन लागेका होईनौं । त्यसमा सबै जाती, धर्मका मानिसहरुको दाहसंस्कार हुनेछ । त्यसका लागी छट्टाछुट्टै व्यवस्था गरिने छ । ’


महोत्सव आयोजनामा करिब २५ लाख जती खर्च लाग्ने भएपनि करिब २ करोड रकम उठ्ने बताईएको छ । हजारौंको संख्यामा भक्तजनहरु आउने अनुमान समेत गरिएको महासचिब कार्कीले बताए ।

२०७५ असोज ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्