Birendranagar Municipality

वीरेन्द्रनगरको अन्तिम मतपरिणाम : मेयरमा काँग्रेसका देवकुमार सुवेदी, उपमेयरमा एमालेकी मोहनमाया म्यान अफ दि इलेक्सन

मेयरका प्रत्यासी बालाराम शर्माद्वारा मतपरिणाम स्वीकार, नवनिर्वाचित सबैलाई बधाई तथा शुभकामना ।
वीरेन्द्रनगरको अन्तिम मतपरिणाम : मेयरमा काँग्रेसका देवकुमार सुवेदी, उपमेयरमा एमालेकी मोहनमाया म्यान अफ दि इलेक्सन

सेरोफेरो
६ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको अन्तिम मतपरिणाम शनिबार सार्वजनिक भएको छ । नेपाली काँग्रेसका देवकुमार सुवेदीले १४ हजार चार सय पाँच मत पाई मेयर पदमा विजयी भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका बालाराम शर्माले १३ हजार आठ सय ९९ मत र नेकपा माओवादी केन्द्रका रत्न गाहाले पाँच हजार दुई सय ३७ मत पाएका थिए ।


मेयर पदका स्वतन्त्र उमेदवार गेहेन्द्रप्रसाद दाहालले एक हजार आठ सय ९४ मत प्राप्त गरी चौथो स्थान ओगटेका छन् ।


नगरको उपमेयर पदमा नेकपा एमालेकी मोहनमाया ढकाल सर्वाधिक मतसहित विजयी भएकी छन् । उनले नेपाली काँग्रेसकी जानकी सिंहलाई दुई हजार ४२ मतले पछि पारी निर्वाचित भएकी हुन् । ढकालले १६ हजार ६८ मत पाएकी छन् । उनका प्रतिष्पर्धी नेपाली काँग्रेसकी जनाकी सिंहले १४ हजार २६ मत र नेकपा माओवादी केन्द्रकी हरिमाया शर्माले चार हजार छ सय ८९ मत पाएका थिए ।

 

यसैगरी वीनपा १६ को वडाध्यक्षमा नेपाली काँग्रेसका पूर्णबहादुर ढकाल विजयी भएका छन् । उनले नेकपा एमालेका डन्डबहादुर विकलाई ११ मत अन्तरले पराजित गरेका हुन् । ढकालले चार सय ९९ मत प्राप्त गरी निर्वाचित भएका थिए । वडाका अन्य चार सदस्यमा भने नेकपा एमालेका उमेदवारहरु निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



नेकपा एमालेको तर्फबाट मेयर पदका उमेदवार बालाराम शर्माले निर्वाचित सबैलाई बधाई ज्ञापन गरेका छन् । उनले मत परिणाम स्वीकार गर्नुका साथै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । शर्माले आफ्नो फेसवुक वालमा लेखेका छन्– ‘निर्वाचित टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ साथै, निर्वाचनमा पराजित उमेदवारहरुलाई निराश नभई पार्टीको काममा लाग्न उनले अनुरोध गरेका छन् ।

Balaram

२०७४ जेठ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्