७ असोज । तरकारी उत्पादनमा जिल्लाकै अब्बल स्थान मानिने कपुरकोटको माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना रहेको भेटिएको छ ।
माटो परिक्षणको नतिजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना रहेको र विशेष गरि तरकारि खेती गरिने खेतबारीमा बढी अम्लीयपन रहेको पाइएको छ ।
माटोमा अम्लीयपना रहेको पुष्टी भएपछि कपुरकोट गाउँपालिकाले किसानलाइ माटो सुधार गर्नको लागि कृषि चुन वितरण गरेको छ ।
माटोको उर्वराशक्ति घट्दै गएकाले उपचारका लागी ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए ।
कृषि चुन खरिद गरि किसानको २५ प्रतिशत लागत सहभागीतामा ५ सय ४५ क्विन्टल कृषि चुन कृषि शाखा मार्फत वितरण भएको हो । अझै किसानले चुनको माग गरिरहेको कृषि शाकाका प्रमुख पदम तिमिल्सीनाले जनाए ।
कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घट्ने गरेको माटोमा सुधार आएर उत्पादन बढाउन सकिने भन्दै माटोको अवस्था हेरेर एक रोपनि जमिनमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गर्नुपर्ने उनले भनाई छ ।
रासायनिक मल तथा विषादीको प्रयोग, बालि चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना बढ्न गई उर्वराशक्तिमा ह्रास आउने कृषि शाखाले जनाएको छ ।
माटोमा अम्लको मात्रा बढ्दै जानु चिन्ताको विषय भएको भन्दै कपुरकोट गाउँपालिकाले यसको मात्रा घटाउन किसान पनि जागरुक बन्नुपर्ने तर्क अघि सारेको छ ।
पछिल्लो समय गाउँपालिकाले किसानको खेतबारीको माटोको अवस्था पत्ता लगाउन माटो परिक्षण शिविर सञ्चालन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्