Birendranagar Municipality

निर्मला पन्त हत्याको बिरुद्ध उत्रिय हुम्लाका महिला

सेरोफेरो /हुम्ला
निर्मला पन्त हत्याको बिरुद्ध उत्रिय हुम्लाका महिला

७ असोज । दुई महिना अगाडी बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १४ बर्षीया बालिका निर्मला पन्तका हत्यारालाई हालसम्म पत्ता नलाएको बिरोधमा महिला संघ हुम्लाले प्रर्दशनी गरेको छ ।


काली चोकबाट सुरु भएको बिरोध  र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडी आएर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर कोण सभा गरेको थियो ।


ज्ञापन पत्रमा निर्मलाका हत्यारा पत्ता लगाउने देखि महंगी, मुल्यबृद्धि, हवाई भादा बृद्धि लगाएतका कुरा समेटिएका छन ।

 

ज्ञापन पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले ज्ञापन पत्र माथिल्लो निकायमा तत्काल पठाइने बताए ।

 

बोल्दै काँग्रेस महाधिवेशन प्रतिनिधि शुशिला रोकायाले हालसम्म निर्मलाका हत्यारा पत्ता लगाउन नसक्ने सरकारवाट देशले अन्य आशा गर्नु मुर्खता हुने बताइन ।

२०७५ असोज ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्