८ असोज ।देशस ञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले आफूले पाएको १ लाख ५ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कारमा देशसञ्चारका तर्फबाट थप ५० प्रतिशत रकम (५२ हजार ५ सय रुपैयाँ) गरी जम्मा १ लाख ५७ हजार ५ सय रुपैयाँ मानवसेवा आश्रमलाई प्रदान गरेका छन् ।
उनलाई शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मानबाट सम्मानित गरेकी थिइन् ।
सम्पादक युवराज घिमिरेले मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई सोमबार संस्थाकै कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा १ लाख ५७ हजार ५ सय रुपैयाँ राशिको चेक प्रदान गरेका छन् ।
आश्रमको सामाखुसीस्थित कार्यालयको आगन्तुक पुस्तिकामा लेख्दै सम्पादक घिमिरेले भनेका छन् 'नेपालका अत्यन्त सम्मानित पत्रकार गोपालदासजीले आफ्नो सम्पादकीय नेतृत्वमा ’द कमनर’ नामको अंग्रेजी पत्रिका जन्माउनुभयो र जीवनभरि त्यसलाई निरन्तरता दिनुभयो । ’द कमनर’ को अर्थ सामान्य व्यक्ति हुन्छ। अर्थात् उहाँको पत्रकारिताको केन्द्रमा राष्ट्र र ती सामान्य व्यक्तिहरु नै थिए । स्व. गोपालदासको नामबाट मलाई प्राप्त सम्मान स्वरुपको उक्त राशि त्यही सोचको सम्मान स्वरुप जरुरतमन्द दाजुभाइ, दिदीबहिनीहरुको सेवामा समर्पित मानव सेवा आश्रममा सभक्ति अर्पण गर्ने निर्णय म, मेरो परिवार र म कार्यरत संस्था देशसञ्चार डट कमले गरेका छौँ ।'
प्रतिकृया दिनुहोस्