Birendranagar Municipality

चालकको स्वास्थ्य परिक्षण आवश्यक : एसपी रजौरे

सेरोफेरो/सुर्खेत
चालकको स्वास्थ्य परिक्षण आवश्यक : एसपी रजौरे

९ असोज । सवारी साधन चालकका लागी स्वास्थ्य परिक्षण आवश्यक भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक बसन्त रजौरेले बताएका छन् । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको चालकका लागी स्वास्थ्य परिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

उनले भने ‘सवारी दुर्घटना हुनुमा पनी स्वास्थ्यको ठुलो हात हुन्छ । मानीस स्वस्थ भएन भने उसको काम पनी स्वस्थ हुंदैन त्यसैले दुर्घटना न्युनीकरणका लागी चालक स्वस्थ हुनै पर्छ । ’ 

 

त्यस्तै वीरेन्द्रनगर नगरपालीका ११ का वडा अध्यक्ष नन्दलाल शर्माले संयौको जिबन बोकेर हिंड्ने चालकहरु हरेक कुरामा सचेत हुनुपर्ने बताएका छन् ।
आज आयोजीत चालकहरुका लागी स्वास्थ्य परिक्षण कार्यमक्रममा १ सय ८१ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफीक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


सवारी दुर्घटना हुने कारणहरु मध्ये अधिकांश सवारी चालकहरुको लापर्रवाहि भएको र त्यसमा चालकहरुको स्वास्थ्य पनी जोडिने भएकोले यस्तो कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरी विसीले बताएका छन् ।


चालकहरुको स्वास्थ्य परिषणका लागी ६ नं प्रदेश प्रहरी कार्यालयका डाक्टर रमण घिमीरे सहित स्वास्थ्यकर्मी प्रेम भट्टराई लगायत चार जना स्वास्थ्यकर्मीले चालकहरुको स्वास्थ्य जांच गरेका थिए ।

२०७५ असोज ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्