१० असोज । नेपाल एयरलाईन्सको वाई १२ जहाजले कर्णालीका हिमाली जिल्लाका बिमानस्थलमा परिक्षण उडान भर्न सफल भएको छ ।
कर्णालीमा पनि व्यवसायीक उडान भर्नका लागि नेपाल एयरलाईन्सले बुधवार परिक्षण उडान गरेको हो ।
वाई १२ जहाजले कर्णालीका सिमकोट, ताल्चा, जुम्ला र डोल्पाको जुफालमा सफल परिक्षण उडान भरेको नेपाल एयरलाईन्सको क्षेत्रीय कार्यालय नेपालगंजका क्षेत्रीय प्रबन्धक मुक्तीराम पाण्डेले बताए ।
यस अघि उक्त जहाजले हिमाली जिल्लाका बिमानस्थलमा उडान भर्न सक्ने वा नसक्ने यस अघिको दुविधा आजबाट हटेको र बिमानले चार वटै बिमानस्थलमा सफल परिक्षण उडान भरेको उनले बताए ।
परिक्षण उडान गरिएको विमानस्थलमा नियमित फलाईटको लागि नेपालगंज कार्यालयले पहल गरि रहेको र तत्काल व्यबस्था गर्न पत्राचार गर्ने पनि उनले बताए ।
केन्द्रले कम्तिमा एउटा जहाज यस क्षेत्रमा राख्ने ब्यबस्था गरे कर्णालीमा सेवा दिन सकिने उनको भनाई छ ।
हाल नेपाल एयरलाईन्ससंग चार वटा वाई १२ र तीन वटा ट्वीनीटर विमान रहेकोमा नेपालगंज सेक्टरमा महिनाको एक पटक मात्र फ्लाईट भर्दा यात्रुहरु मर्कामा पर्दै आएका छन ।
प्रतिकृया दिनुहोस्