७ जेठ, काठमाडौं ।
पीसीओएस के हो ? यसले के गर्छ ?
पीसीओएस महिलालाई हुने समस्या हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम भनिन्छ । वास्तविक कारण थाहा नभए पनि यसका समस्या संग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्वहरु अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने, एन्ड्रोजेन नाम गरेको हर्मोनको मात्रा बढी हुने र महिनावारी अनियमित हुने गर्छ ।
यो समस्या भएका महिलालाई स्वास्थ्यको कस्तो खतरा हुन्छ ?
पीसीओएसले प्रजनन् प्रणाली मात्र नभएर शरीरको सम्पुर्ण भागलाई असर गर्छ । यसले महिलाको स्वास्थ्यमा जीवनभर असर गर्ने सम्भावना हुन्छ ।
इन्सुलिन प्रतिरोधले टाइप २ र मुटुजन्य समस्या बढाउंछ । पीसीओएससंग मधुमेह सम्बन्धित अर्को अवस्था मेटाबोलिक सिन्ड्रोम हो । यस सिन्ड्रोमले मधुमेह र मुटुको रोग बढाउंछ ।
पीसीओएर भएका महिलाको इन्टोमेट्रियल हाइपरप्लासियाको समस्या हुन्छ जहाँ गर्भाशयको रेखा युटेरसको लाइन निकै मोटो हुन्छ । यसले पाठेघरको क्यान्सरको खतरा बढाउंछ ।
पीसीओएसको उपचार हुन्छ ?
यसको समस्या समाधान गर्न उपचारका प्रयाप्त तरिकाहरु छन् । लक्षण, अन्य स्वास्थ्य समस्या र गर्भवती बन्न चाहने वा नचाहने विषयमा निर्भर पर्छ ।
पीसीओएस भएका महिलालाई उपचार गर्न संयुक्त हर्मोनयुक्त गर्भ निरोधात्मक चक्की प्रयोग गरिन्छ कि गरिँदैन ?
पीसीओएस भएका गर्भवती हुन नचाहने महिलाले जन्म नियन्त्रण सम्बन्धी पिल्सलाई दिर्घकालिन रुपमा प्रयोग गर्न सकिन्छ । हर्मोनल पिल्समा इस्ट्रोजन र प्रोजेस्टेरोन हुन्छ । यी पिल्सले मासिक चक्रलाई नियन्त्रण गरी हिरसुटिजम घटाइदिन्छ । यी पिल्सले पाठेघरको क्यान्सरको खतरा पनि न्यून गरिदिन्छ ।
पीसीओएस भएका महिलामा तौल कम या बढी हुनुले के अर्थ राख्छ ?
बढी तौल भएका महिलामा तौल घट्दा मासिक चक्र नियन्त्रण गर्छ । मासिक चक्रलाई नियमित बनाउन कम्तिमा १० देखि १५ पाउण्ड तौल घटाउनु पर्छ । तौल घटाउँदा कोलेस्टेरोल र इन्सुलिनको तह घटाउन सहयोगी हुन्छ र यसले अनुहारमा अत्यधिक रौं आउने समस्या पनि निको गर्छ ।
यो समस्या भएका महिलालाई इन्सुलिनलाई संवेदनशील बनाउने औषधीले कसरी उपचार गर्छ ?
मधुमेहको उपचारमा बारम्बार प्रयोग हुने इन्सुलिनलाई संवेदनशील बनाउने औषधी पीसीओएसको उपचारमा प्रयोग गरिन्छ । पीसीओस भएका महिलाले ती औषधीले एन्ड्रोजेन तह घटाउन सहयोग गर्ने र अण्डा उत्पादन प्रक्रियामा सहयोग गर्छ । अण्डोत्सर्ग प्रक्रिया नियमित हुनुको अर्थ महिनावारी नियमित गराउँछ ।
यो समस्या भएका महिलामा गर्भाधानको सम्भावना बढाउन के गर्नुपर्छ ?
सफल अण्डोत्सर्ग प्रक्रिया गर्भधारणको पहिलो कदम हो । तौल बढी भएका महिलामा तौल कम गर्दा यो लक्ष्य प्राप्ती हुन्छ । महिलाको अण्डा उत्पादन प्रक्रियामा औषधी पनि प्रयोग हुन्छ । अन्य उपचार प्रक्रियाले काम गर्दा ओभरीको शल्यक्रिया पनि गरिन्छ । तर यो विधिको दिर्घकालिन असर भने प्रष्ट हुन सकेको छैन ।
पीसीओएसका साझा संकेत र लक्षणहरु के के हुन् ?
अनियमित महिनावारी हुनु वा बारम्बार महिनावारी हुनु, कहिले धेरै महिनावारी हुनु वा अप्रत्यासित महिनावारी हुनु । महिला उर्वरता नहुनुको प्रमुख कारण पीसीओएस पनि एक हो । यो समस्या भएका ८० प्रतिशत महिला मोटोपनको सिकार भएका छन् । अनुहार, छाती, पेट वा माथिल्लो तिघ्रामा अत्यधिक रौं पलाउनु । हिरसुटिजम समेत भनिने यस समस्याबाट पीसीओएस भएका ७० प्रतिशत भन्दा बढी महिला प्रभावित छन् । प्रौढ अवस्थामा पुगेपछि अनुहार लगाएत छालाका अन्य भागमा दाग, पोतो आदी आउनु । तैलीय छाला बाक्लो हुनु, कालो छाला बन्नु जसलाई अकान्थोसिस निग्रिकन भनिन्छ ।
इन्सुलिन प्रतिरोधी भनेको के हो ?
इन्सुलिन प्रतिरोधी यस्तो अवस्था हो जहाँ शरीरको कोष इन्सुलिनको अवसरलाई ‘रेस्पोन्स’ गर्दैन । जब शरीरले इन्सुलिनलाई रेस्पोन्स गर्दैन रगतमा ग्लुकोजको मात्रा बढी हुन्छ । शरीरले ग्लुकोजलाई कोषहरुमा पुर्याउन खोज्दा शरीरमा अझै बढी इन्सुलिन उत्पादन हुन्छ । इन्सुलिन प्रतिरोधले मधुमेह गराउँछ ।
उच्च तहको एन्ड्रोजेनले के गर्छ ?
उच्च भन्दा सामान्य तहको एण्ड्रोजेन उत्पादन हुँदा अण्डाशयले हरेक महिना अण्डा उत्पादन गर्नबाट बञ्चित हुन्छ । उच्च एण्ड्रोजेनको तहले अनावश्यक रुपमा रौं बृद्धि हुन्छ र शरीरका विभिन्न भागमा धब्बा बस्छ ।
अनियमित रजोश्वलाले कस्तो समस्या गर्छ ?
अनियमित रजोश्वलाले बाझोपन निम्त्याउँछ र केही महिलाको अण्डकोषमा असंख्य सना सिस्ट (अथकतक) उत्पन्न गर्छ ।
(प्रा.डा. अचला वैद्य नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
प्रतिकृया दिनुहोस्