१०/असोज । सुर्खेत जिल्ला लागुऔषधको अखडा बन्दै गरेको अवस्थामा न्युनिकरणको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालेको कदम प्रभावकारी मानिएको छ ।
चालु महिनाको उत्कृष्ठ लागुऔषध नियन्त्रक प्रहरी जवान दिपेन्द्रलाल श्रेष्ठ बनेका छन् । कार्यालयले गत भदौ ३ गते लागु औषध नियन्त्रणमा उत्कृष्ठ काम गर्ने कर्मचारीलाई उत्कृष्ठ महिना पुरस्कार दिने निर्णय पनि गरेको थियो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध नियन्त्रणमा सर्वोत्कृष्ठ काम गरेबापत उत्कृष्ठ महिना पुरस्कार प्रहरी जवान श्रेष्ठलाई प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी जवानका रुपमा कार्यरत श्रेष्ठलाई प्रमाणपत्र सहित विभागीय पुरस्कार प्रदान गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरेले जानकारी दिए ।
यससंगै जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लामा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण तथा हिंसा नियन्त्रणमा उत्कृष्ठ काम गर्ने प्रहरी युनिटलाई समेत सर्वोउत्कृष्ठ युनिट पुरस्कार दिने घोषणा समेत गरेको छ ।
जिल्लाभर यस्ता खालका घटना हुन नदिनका लागी प्रहरी युनिटलाई नै पुरस्कारको व्यवस्था गर्ने घोषणा गरिएको प्रमुख रजौरेको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख रजौरेले नजिकींदै गरेको चाड पर्वलाई लक्षित गरेर विभिन्न नाकाहरुका चेक जाँचमा कडाई गर्ने बताएका छन् । उनले भने ‘हामी सवारी साधनमा सीभिलमा प्रहरी खटाउनेछौं ।’
त्यस्तै पैदलयात्रा, मोटरसाईकलमा समेत प्रहरी खटाई चाडपर्वको अवधिमा हुने अपराधिक घटनालाई नियन्त्रण गर्ने प्रहरीको योजना छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७४÷७५ मा लागुऔषधका ३५ वटा मुद्धा दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।
आ.ब २०७५/७६ मा भने २० वटा मुद्धा दर्ता भईसकेका छन् । कायौलयका अनुसार हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३१ जना प्रतिबादिहरु लागुऔषध मद्धाका रहेको छन् ।
प्रतिकृया दिनुहोस्