Birendranagar Municipality

थुनुवाहरुको स्वास्थ्य परीक्षण

सेरोफेरो /सुर्खेत
थुनुवाहरुको स्वास्थ्य परीक्षण

११ असोज । विभिन्न मुद्दामा अनुसन्धानको शिलशिलामा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थुनामा रहेका प्रतिबादीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।


बिहिबार प्रदेश प्रहरी कार्यालय सुर्खेतमा १४ जना थुनुवाहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रहरी निरीक्षक डाक्टर रमन घिमिरे सहितको दुई जना टोलीले परिक्षण गरेको थियो ।


थुनुवाहरुको स्वास्थ्य परीक्षण साप्ताहिक रुपमा गरिने प्रहरीले जनाएको छ ।

२०७५ असोज ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्