११ असोज । सिम्ता गाउंपालीका ३ आग्रीगाउंका एक युवाले नैतिक शिक्षा र शान्तिका लागी साईकल यात्रा पुरा गरेका छन् ।
१८ वर्षीय बालकृष्ण शाहिले देशमा शान्ति र युवाहरुमा नैतिक शिक्षा तथा साहसका लागी यो यात्रा गरेको बताएका छन् ।
अमरज्योती माध्यामिक विद्यालय नेवारेमा कक्षा १२ शिक्षा विज्ञानशास्त्र अध्ययनरत विद्यार्थी बालकृष्ण शाहिले कामको शिलशिलामा भारत गएको र सोहि ठाउँबाटै साईकल यात्रा शुरु गरेको बताए ।
गत भदौ १ गतेदेखी भारतको गुजरातबाट साईकल यात्रा गरेका शाहि, मुम्बई, आगा्रको ताजमहल हुंदै नेपालका विभिन्न ठाउँमा साईकल यात्रा गरी बिहिबार सुर्खेत आईपुगेका छन् ।
उनलाई नेपाल भारतको यात्रामा करिब एक महिना समय लागेको थियो । साईकल यात्राका क्रममा विभिन्न संकट आईपरेको भएपनि ठूलै साहस बटुलेर यात्रा सफल पारेको यात्री शाहिको भनाई छ ।
बिहिबार वीरेन्द्रनगरमा सिम्ताली एकता समाजले साईकल यात्री बालकृष्ण शाहिलाई दोसल्ला ओडाई सम्मान समेत गरेको छ । बालकृष्णा सिम्तालीको शान भएको भन्दै उनको कामलाई सबैले सम्मान गर्नुपर्ने सिम्ताली एकता समाजका अध्यक्ष धुर्वकुमार सिंहले बताए ।
त्यस्तै सिम्ता गाउंपालीका ३ आगी्रगाउँका वडा सदस्य लोकबहादुर शाहिले पाँच हजारको चेक समेत हस्तान्तरण गरेका छन् ।
शाहि असोज १७ गते मात्रै सिम्ता गाउँपालीकामा जाने कार्यक्रम रहेको सिम्ता एकता समाजका संस्थापक अध्यक्ष गगनसिंह ठकुरीले जानकारी दिए ।
बालकृष्णको सम्मानको लागी गाउँपालीकाले भव्य कार्यक्रमको तयारी समेत गरेको छ ।
प्रतिकृया दिनुहोस्