Birendranagar Municipality

प्रदेश सरकार अन्तर्गतका तीन कार्यालय उद्घाटन

मनिषा केसी रुकुम/(पश्चिम)
प्रदेश सरकार अन्तर्गतका तीन कार्यालय उद्घाटन

११ असोज । कर्णाली प्रदेश सरकारको मातहत रहने गरी जिल्लामा तीनवटा कार्यालयको उद्घाटन गरिएको छ ।


विहीबार रुकुम (पश्चिम)बाट निर्वाचित प्रतिनिधिसभाका सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय उद्घाटन गरेका हुन् ।


कृषि ज्ञान केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वगृहमन्त्री जनार्दन शर्माले परम्परागत कृषि खेतीबाट आयआर्जन र रोजगारी सम्भव नभएकोले आधुनिक प्रविधिमार्फत प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने बताए ।


आधुनिक प्रविधिमा जोड दिँदै अर्गानिक कर्णाली प्रदेशको निर्माण गर्ने र त्यसका लागि विभिन्न योजना सञ्चालन गरिने उनले बताए । यस अभियानमा जनतालाई समूह, फर्म तथा सहकारी मार्फत संगठिन गर्दै सामुहिकतामा केन्द्रित गर्दै छरिएको जमिनलाई एकीकृत ढंगले उपयोग गर्नुपर्ने उनको भनाई छ ।

2
त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले रुकुम (पश्चिम)लाई कृषि हवको रुपमा विकास गर्ने बताईन । कृषि क्षेत्रमा यस आर्थिक वर्षका लागि परिणाममुखी योजनाहरु तर्जुमा गरिएको र केही योजना छरिएको देखिएपनि ती योजनालाई समेत प्रभावकारी कार्यान्यन गरिने प्रतिवद्दता जनाइन् ।


कृषि अनुदान स्वरुप प्राप्त गरेको रकम दुरुपयोग गरेको पाईएमा जुनसुकै व्यक्ति, समूह तथा सहकारीलाई आजीवन कालोसूचिमा राखिने मन्त्री केसीको भनाई छ ।


उद्घाटन कार्यक्रममा राष्ट्रिय सभाका सदस्य ठगेन्द्रप्रकाश पुरी, कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशका सांसदहरु गोपाल शर्मा र रातो कामी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, मुसिकोट नगरपालिका प्रमुख देवीलाल गौतम, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी लगायत जनप्रतिनिधि, कर्मचारी, कृषक, उद्योगी, व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

3

२०७५ असोज १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्