१२ असोज । प्रदेश नम्वर सातले स्थायी राजधानी र नामको टुङ्गो लगाएको छ । प्रतिपक्षी दलको विरोधका बावजुत राजधानी र नामको टुङ्गो लागेको हो । करिव सात महिना पछि यो प्रदेशले नाम र राजधानी पाएको छ ।
शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेशको नाम "सुदूरपश्चिम" प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरीस्थित "तेघरी" क्षेत्र राख्ने विषय दुई तिहाइले स्वीकृत भएको छ । यसको पक्षमा ३८ जना प्रदेश सभा सदस्यको मत परेको छ ।
यसको विपक्षमा शुन्य मत परेको छ ।आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले संसद बहिस्कार गरेका छन् । सत्तारुढ दलका सांसदहरू मात्रै मदतान प्रक्रियामा सहभागी भएका थिए।
५३ सदस्यीय यो प्रदेशमा नेकपाका ३९ जना, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सांसद रहेका छन्। बिहान ११ बजेबाट सुरु भएको बैठक प्रतिपक्षीको विरोधको कारण दुई घण्टासम्म स्थागित गरिएको थियो।
नेपालको संविधान २०७२ को धारा २८८ को उपधारा २ बमोजिम प्रदेश सभाको तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाईबाट निर्णय गर्न सक्ने प्रावधान रहेको छ ।
तस्विर : सांसद दुर्गा विकको फेसबुकवाट
प्रतिकृया दिनुहोस्