१२ असोज । फिरन्ते जिवन बिताउदै आएका राउटेहरु आफ्नो परम्परालाई निरन्तरता दिंदै गुराँस गाउँपालिका दैलेख बाट सुर्खेतको लेकबेसी नगरपालिका चौरासेमा बस्ती सारेका छन् । गुराँस गाउँपालिकाले असार ३१ गते ४२ घरधुरीका १ सय ४९ जना राउटेलाई स्थायी परिचयपत्र वितरण गरेको थियो । गाउँपालिकाले परिचयपत्र बितरण गरेको करिब ३ महिना नपुग्दै राउटेहरु गाउंपालीकाबाट बस्ती सारेका छन् ।
राउटे मुखिया दिलबहादुर शाहिलाई गुरांस गाउंपालीका किन छोड्नु भयो भनी सोध्दा उनले भने ‘राउटेको घर छैन, रोटीको टाउको छैन, आईमाईको जात छैन ।’
हामी एकै ठांउमा घर बनाएर कुनैपनी हालतमा बस्न सक्दैनौं । सक्छ भने स्थानिय सरकारले हामीलाई पाल, खान र लगाउनको व्यवस्था गरोस् ।’ तर एकैठांउमा कुनैपनी हालतमा बस्न नसक्ने राउटे मुखिया दिलबहादुर शाहीले बताए ।
शुक्रबार राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान केन्द्रले तुल्सीपुर उपमहानगरपालीका दाङ्गले सहयोग गरेको ४९ प्याक चामल राउटे बस्तीका लागी वितरण गरिएको छ ।
राउटेकी भान्जी भनेर चिनिएकी राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारीले ) लामो समए राउटेसंगै काम गर्दै आएकोले उनीहरुले आंफुलाई विस्वास गर्ने बताईन् । उनले भनिन् ‘मैले २०६३ सालदेखी राउटेका हरेक सुख दुःखमा साथ दिएकी छु । पहिले पहिले त उनीहरु मलाई पनी विश्वास गर्दैनथे । निरन्तर उनिहरु संग नजिक हुँदा मेरो विश्वास मान्ने भएका छन् ।’ राउटेहरुलाई सरकारले गास, बास र कपासको पुर्ण ग्यारेण्टि गर्न सक्छ भने आंफु राउटेहरुको स्थायी बास बसाल्न सक्ने समेत खड्काको भनाई छ ।
कार्यक्रममा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान का उपाअध्यक्ष यज्ञबहादुर बुढा, राउटेका लागी जोडि शिक्षक लालबहादुर खत्री तथा स्वास्थ्य प्राविधिक विनोदबहादुर बिसीको समेत उपस्थिती रहेको थियो । सोसेक नेपालको सहयोग तथा गुरांस गाउंपालीकाको समन्वयमा राउटे बस्तीमा तिनजना कर्मचारी नियुक्ती गरी काम गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्