वीरेन्द्रनगर नगरपालीका सुर्खेतका कृषि प्रसार अधिकृत तथा कृषि संयोजक प्रेमदेव गिरीसंगको कुराकानी ।
माटोमा अम्लीयपन किन हुन्छ ?
माटोमा अम्लीय पन हुनुको कारण किसानहरुले मलको मात्रा नमिलाएर हो । त्यसमा रासायनिक मल नै मुख्य कारक तत्व हो । अत्याधिक उत्पादन लिने नाममा रासायनिक मलको मात्रा बढि प्रयोग गर्नाले यस्तो हुने गर्दछ ।
माटोमा अम्लीयपन हुँदा किसानले कस्तो क्षति व्यहोर्नु पर्छ ?
माटोमा अम्लीयपन हुँदाखेरी प्रथमत जोतखन गर्न नै किसानहरुलाई अप्ठ्यारो हुने गर्दछ । माटो साह्रो हुँदै जान्छ । त्यसपछि अन्नबाली ,उत्पादनमा कमी आउने गर्दछ ।
कसरी यो समस्या समाधान गर्न सकिन्छ ?
माटोको परिक्ष्ँण गर्नुपर्दछ । कती प्रतिशत माटोमा अम्लीयपन छ भन्ने जानकारी पाईन्छ ।
माटोमा अम्लीयपना भएका किसानहरुलाई केहि सौलियत छ ?
माटोमा अम्लीयपना छ वा छैन भनी माटो परिक्ष्ँण निशुल्क रुपमा नै कार्यालयले गरिदिन्छ । त्यसको लागी किसानले कुनै सेवाशुल्क तिर्नुपर्दैन । औजार र प्राविधिक को सेवाशुल्क किसानले तिर्नुपर्दैन ।
सुर्खेतको माटोमा अम्लीयपनको अवस्था कस्तो छ ?
सुर्खेतमा माटोमा अम्लीयपना देखीएको त छ तर थोरै मात्रामा ।
कहाँ र कती प्रतिशत भेटीएको छ ?
९ प्रतिशत जति सुर्खेतमा माटोमा अम्लीयपना भेटिएको छ । वीरेन्द्रनगर नगरपालीकाका १२, २, १०, १ ,४, १३, मा माटोमा अम्लीयपन भेटिएको छ ।
अम्लियपन भएको माटोको उपचार कसरी गर्ने ?
कम्पोष्ट मलको प्रयोग गर्ने गर्नुपर्छ । क्रमश घट्छ ।
प्रतिकृया दिनुहोस्