१३ असोज । सहकार्य र योजनाबद्ध काम गरे सरकारले सहकारीको आश मान्ने दिन आउने जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसीले बताएका छन् ।
शनिबार आलोपालो बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘कुनैबेला एक हजार रुपैयाँका लागी साहु महाजनको हली हुनुपथ्र्यो, अहिले सहकारीका कारण त्यो अवस्था आएको छैन । सहकारीले लाखौं रुपैयाँ आफ्ना शेयर धनीलाई दिएर जिवनस्तर उकास्न मद्धत गरको छ’ उनले भने ।
साहु महाजनले सयकडा पाँचमा ऋण दिएर गरिबको खुसी खोसेको भएपनि अहिले देशभर सहकारीले जनताको मुहारमा खुसी थपेको जिकिर गरे ।
उनले थपे ‘पहिले सहकारीले सरकारको आश मान्दै बस्ने अवस्था थियो भने अहिले सरकारले सहकारीको आश मान्नु पर्ने बेला आएको छ ।’
कार्यक्रममा बोल्दै शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सचिब उत्तम आचार्यले सहकारी सानो सानो पुंजीको संकलन केन्द्र भएको बताएका छन् । जेष्ठ नागरिक, एकल र विद्यार्थीलाई सम्मान गर्ने आलोपालो सहकारी जस्तो सुर्खेतमा अरु नभएको उनको भनाई थियो ।
बितेका वर्षहरु जस्तै सहकारीले यो वर्ष पनि शेरधनी मध्येका २५ जना जेष्ठ नागरिक तथा एकल महिला र कक्षा ८ र एसईई मा सर्वोउत्कृष्ट अंक ल्याउने शेरधनीका ५ जना बालबालीकालाई सम्मान गरको छ ।
अगामी दिनमा स्नातक तथा स्नातकोत्तर पास गर्ने शेयरधनी तथा शेयरधनीका छोराछोरीलाई समेत सम्मान गरिने आलोपालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगत बिसीले बताए । पढ्नका लागी उत्प्रेरीत गर्ने यस्तो निर्णय गरेको उनले प्रष्ट्याए ।
संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा ११ करोड, १० लाख ३३ हजार ४ सय रुपैयाँ वार्षिक कारोबार गरेको छ ।
प्रतिकृया दिनुहोस्