१४ असोज । फरार हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । सिजा गाउँपालिका ६ का नरवहादुर रोकाया पक्राउ परेका छन् । सिंजा गाउँपालिका चुलेलगाउँका ६५ वर्षीय उमाकान्त हमाल हत्याका आरोपितलाई प्रहरीले नौ वर्ष पछि पक्राउ गरेको हो ।
उनलाई नौ वर्षपछि सदरमुकाम खलंगाको भारतिवाडाबाट पक्राउ गगरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । हमालको २०६६ जेठ ८ गते गाउँको जंगलमा सामुहिक हत्या भएको थियो । उनी हमालको हत्या लगत्तै किटानी जाहेरी गरिएका फरार आरोपित हुन् ।
रोकाया सहित २७ जनाको नाममा मृतकमा परिवारले किटानी जाहेरी गरेको थिए । १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । अभियुक्त रोकायालाई अदालतमा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक प्रकाश केसीले बताए ।
यो हत्याको आरोप लागेका अन्य फरार नौ जनाको खोजि भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।
प्रतिकृया दिनुहोस्