१५ असोज । जनता टेलिभिजनको कर्णाली प्रदेश व्युरोको उद्घाटन भएको छ । वीरेन्द्रनगर सुर्खेतमा आयोजित कार्यक्रमा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री शाहीले कर्णालीका जनता आत्मनिर्भर भएको बताएका छन् । उनले भने ‘कर्णालीका जनता मार्सी धान आंफै फलाएर खान्छन् , कपडा लगाउनलाई भेडाको उनले पुग्छ भने किन कर्णालीका जनतालाई गरिब भनिन्छ ।’
कर्णालीका जनतालाई एकमहिना बाहिरी देशहरुले नाकाबन्दी गरेपनी उनीहरु भोकै नमर्ने मुख्यमन्त्री शाहीले भने ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका आर्थीक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागी सञ्चार माध्यमको समेत ठुलो भुमीका भएकोले जनता टेलिभिजन साँच्चीकै जनताको आवाज बन्नु पर्ने बताए ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा.उपेन्द्र कोईराला, सांसद दिनबन्धु श्रेष्ठ लगाएतका व्यक्तीहरुले शुभकामना मन्तव्य राखेको थिय ।
प्रतिकृया दिनुहोस्