१८ असोज । सल्यानमा स्थानीय तहहरुले दशैँ अघि नै सामाजिक सुरक्षा वापतको रकम प्रदान गर्ने प्रयासमा जुटेका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिकाले सामाजिक सुरक्षा वापतको रकम सम्बन्धीत वडा कार्यालयहरुमा पठाइसकेको जनाएको छ । यद्यपी कतीपय स्थानीय तहले समयमै रकम निकासा नगर्दा सैसा लिएर दशैं मनाउने नागरिकको चाहना अधुरै रहने देखिएको छ ।
कपुरकोट गाउँपालीकाले यस आर्थीक वर्षको पहिलो चौमासिकका लागी सामाजिक सुरक्षा वापतको रकम ६२ लाख ३६ हजार ४ सय रुपैयाँ ६ वटै वडा कार्यालयहरुको खातामा जम्मा गरिसकेको लेखापाल बरुण डाँगीले जानकारि दिएका छन् ।
वडा कार्यालयको खातामा सामाजिक सुरक्षा वापतको रकम गइसकेकाले तुरुन्तै निकालेर घटस्थापना अघि नै नागरिकलाइ सरल तरिकाले वितरण गर्न गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वडा सचिवहरुलाइ निर्देशन गरेका छन् ।
यस्तै त्रिवेणी गाउँपालिका पनि दशै अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रयासमा रहेको जनाएको छ । यद्यपी त्रिवेणीले हाल सम्म वडामा रकम पठाउन सकेको छैन ।
त्रिवेणी गाउँपालिकामा १३ सय बढिले सासु भत्ता पाउने गरेको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले एक वर्षमा २ करोड बढि रकम वितरण हुने गरेको बताए ।
जिल्लाको छत्रेश्वरी गाउँपालिकाले पनि दशैँ अघि भत्ता वितरण गर्न भ्याउने वा नभ्याउने अझै टुंगो छैन । सम्बन्धीत वडाबाट अद्यावधीक लगत आइनसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जनाए ।
उनले आफ्नो गाउापालिकामा एक वर्षमा २ करोड ५० लाख बढि सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको जनाए ।
प्रतिकृया दिनुहोस्