सेरोफेरो
८ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमवार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन । साथै उनिहरुले पदभारग्रहण समेत गरेका छन् ।
नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र १६ वटै वडाका अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले सपथ ग्रहण गराएका थिए । वडा सदस्यहरुलाई भने नवनिर्वाचित नगरसभापति देवकुमार सुवेदीले सपथ ग्रहण गराए ।
उपमेयर मोहनमाया ढकाल सपथ पछि मुख्य निर्वाचन अधिकृत बाट प्रमाणपत्र ग्रहण गर्दे
निर्वाचन अधिकृतको कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित प्रमाण पत्र वितरण तथा पद ग्रहण कार्यक्रममा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपप्रमुख मोहनमाँया ढकालले बस्ति स्तरबाट आएका समस्यालाई कार्यान्वयन गर्दै विरेन्द्रनगरलाई प्रदेश नं ६ को राजधानिको लागी पहल गर्ने बताइन् । साथै उनले यस क्षेत्रलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने महिलाहरुलाई आत्मनिर्भर, युवाहरुलाई रोजगारीको अवसर सिर्जना गरी व्यक्तिगत स्वार्थबाट माथि उठेर आगामी ५ वर्षमा यो नगरलाई सुन्दर बनाउने संकल्प व्यक्त गरिन् ।
यसैगरी कार्यक्रममा बोल्दै नवनिर्वाचित नगरप्रमुख देवकुमार सुवेदीले पार्टीगत स्वार्थमा नलागी जनताको हितको लागी सदैब खट्ने तथा दलबाट माथि उठेर जनताका दैनिक समस्याहरुलाई हल गर्ने प्रतिवद्वता जाहेर गरे । साथै राष्ट्र सेवक कर्मचारीहरु जसले विगत १९ वर्षदेखि जनप्रतिनिधि बिहिन हुँदापनि जनतालाई निरन्तर सेवा दिएकोमा धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा काँग्रेस सुर्खेतका सभापति कमल रेग्मि, एमालेका उपाध्यक्ष अमृत वि.सी लगायतले धारणा राखेका थिए । जिविस हलमा भएको उक्त कार्यक्रम लगत्तै नगर प्रमुख र उपप्रमुखले वीरेन्द्रनगर नगरपालिका कार्यालयमा पदभार ग्रहण गरेका थिए । प्रदेश नं ६ को प्रस्तावित राजधानिको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकामा स्तरीय हल नहुँदा कार्यक्रम निकै भद्रगोल र खचाखचको अवस्था सिर्जना भएको थियो ।
वीनपाका वडाअध्यक्षहरु द्वारा पद तथा गोपनियताको सपथ लिदै
नगरप्रमुख देवकुमार सुवेदी कार्यकक्षमा
नगर उप-प्रमुख मोहनमाया ढकाल कार्यकक्षमा
प्रतिकृया दिनुहोस्