१८ असोज । प्रहरीले सिमकोट बजारवाट जुवाको खालबाट चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छक्क लामा, टंकदत्त प्याकुरेल, तेन्जिङ लामा र प्रेम लामा रहेका छन ।
उनीहरुबाट नगद १९ हजार ५ सय १० रुपियाँ नगद बरामद गरेको छ भने एक थान कम्मल पनि बरामद गरेको प्रहरी नायव निरिक्षक रविन श्रेष्ठले बताउए । उनीहरु चारै जनालाई बुधबार राती १२ वजे प्रहरीले जुवाको खालबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले चारै जनालाई जुवा ऐन अनुसार पाँच दिनमा म्याद थपेर मुद्धा चलाउने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस्