१८ असोज । सिमकोट गाउँ कार्य पालिकाका सदस्यले तीन वटा समितीको सदस्य पदबाट राजीनामा दिएका छन ।
समितिमा बसेर कुनै परामर्श एवम् सल्लाह नभएकोले राजीनामा दिनुको बिकल्प नभएको बताउँदै सिमकोट गाउँपालिका कार्य समितिका सदस्य बिनोद बिकले बिहीबार राजीनामा दिएका हुन ।
यस अघि बिकलाई गाउँकार्यपालिकाले राजस्व परामर्श समिती, न्यायिक समिती र लेखा समितीमा मनोनित गर्ने निर्णय गरेको थियो ।
जिम्मेवार समितीमा बसेपनि बैठक नगर्ने, कुनै परामर्श नलिने गरिए पछि समितीमा बसी रहनु औचित्य नदेखेर राजीनामा दिएको सदस्य बिकले बताए ।
राजस्वको पैसा हालसम्म दाखिला नभएको, हालसम्म सार्वजनिक लेखा परिक्षण गराउ भन्दा गर्न नमानेको र न्यायिक समितीले झगडा हुने ठाँउमा मात्र बैठक बस्ने गर्न थालेपछि राजीनामा दिनु उपयुक्त लागेको उनले बताए ।
अध्यक्ष पदम बहादुर लामालाई सम्बोधन गरेर राजीनामा दिएका उनले पटक पटक आवाज उठाउँदा पनि कुनै सुनुवाई नभए पछि वाक्क भएर वर्षे गाउँ सभाको अन्तिम बैठकमा राजीनामा दिएको जनाएका छन् ।
उनको राजीनामा गाउँकार्यपालिकाको आगामी बैठकमा पेश गरिने पालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्