Birendranagar Municipality

दैलेखमा भूकम्प, कुनै क्षति भएन

सेरोफेरो/सुर्खेत
दैलेखमा भूकम्प, कुनै क्षति भएन

१९ असोज । शुक्रबार दिउँसो सुर्खेत लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ ।


दैलेखको नारायण नगरपालिका १० भवानीलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का आसपासका क्षेत्र सम्म पुगेको छ ।


भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भवानी भन्ने ठाउँमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४.० रेक्टर स्केलको भुइँचालो गएको हो ।


भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतका अनुसार उक्त क्षेत्र सुर्खेतको सीमानाबाट ३५ किलोमिटर टाढा पर्छ ।


सुरुमा ४.० रेक्टर स्केलको भुइँचालो आएको र त्यसपछि ३.५ रेक्टर स्केलमा पराकम्प आएको छ । ३.५ रेक्टर स्केलमुनिको पराकम्पको महसुश नहुने उनले बताए ।


भूकम्पबाट कुनै पनि प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

२०७५ असोज १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्