Birendranagar Municipality

दलाल र भ्रष्ट मानसिकताले कर्णाली बन्दैन :मुख्यमन्त्री शाही

सेरोफेरो /कालिकोट
दलाल र भ्रष्ट मानसिकताले कर्णाली बन्दैन :मुख्यमन्त्री शाही

१९ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत बन्ने बताएका छन् ।


जिल्ला समन्वय समिती कालिकोटको आयोजनामा शुक्रबार सदरमुकाम मान्मामा भएको स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले ठूलो बलिदानको जगमा बनेको संघीय व्यवस्थाका विरुद्ध जनमत बन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको उनको भनाई थियो ।


भ्रष्ट्राचारबाट सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले दलाल र भ्रष्ट मानसिकताको विकास हुने बताउदै उनले भने ‘कामै नगरी गोजीमा पैसा आउने स्थिति भएमा कसले गर्छ श्रम ? अनि कसरी वन्छ मुलुक ?’


भ्रष्ट्राचार गर्ने उद्धेश्यले नै योजना निर्माण गर्ने र खल्तीका मान्छेहरुलाई योजना कार्यान्वयनको जिम्मेवारी दिने प्रवृत्ति स्थानीय तहमा बढ्न थालेको प्रति मुख्यमन्त्री शाहीले चिन्ता व्यक्त गरे ।


स्थानीय जनप्रतिनिधिहरुलाई इमान्दारिताका साथ काम गर्न आग्रह गर्दै भने ‘अहिले सातु खाएर काम गरौं, मुलुक समृद्ध भएमा हामी त्यसै समृद्ध हुन्छौं ।’


कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार मन्त्री खड्कबहादुर खत्री र प्रदेश सभा सदस्य कुर्मराज शाही लगाएतको सहभागिता रहेको थियो ।


स्थानिय र संचारकर्मीसंगको भेटघाटमा मुख्यमन्त्री शाहीले भ्रष्टाचार विरुद्ध प्रदेश सरकारले शुन्य सहनशिलताको नीति लिएको बताउँदै विकास निर्माणमा हुने भ्रष्टाचारका विरुद्ध नागरिक खवरदारि आवश्यक भएको बताए ।

२०७५ असोज १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्