१९ असोज । जिल्ला प्रहरी कार्यालय सुर्खेतले किरा सहितको घरेलुमदिरा शुक्रबार नष्ट गरेको छ ।
वीरेन्द्रनगर ९ को लाटीकोइली तथा गुर्भाकोटको जहरेबाट प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक बसन्त रजौरेका अनुसार बरामद गरिएको मदिरामा किरा तथा विभिन्न भित्री बस्त्र र चप्पलहरु भेटीएका छन् ।
गुर्भाकोटको जहरेबाट २ सय ७० केजि मदिरा बनाउने औषधी र वीरेन्द्रनगरको लाटिकोइलीबाट ७ सेट मदिरा बनाउने भांडा तथा ३ सय लिटर तयार मदिरा र ५ सय लिटर कच्चा झोल रक्सी बरामद गरी नष्ट गरीएको प्रमुख रजौरेले बताए ।
‘यसैपनि स्वास्थ्यका लागिी हानिकारक मदिरामा भित्री बस्त्र र किरा भेटिंनु राम्रो होईन । हामीले दशैंलाई लक्षित गरी सामाजीक रुपमा समेत कलङ्क मानिएको मदिरा नियन्त्रण गरि नष्ट गर्ने कार्य अगाडि बढाएका छौं’ उपरिक्षक रजौरेले भने ।

प्रतिकृया दिनुहोस्