१९ असोज । विवेकशिल साझा पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्रले नेपाली जनताले विवेकशिल साझा पार्टीलाई विश्वास गरे अबको दुई वर्षमा आफ्नो पार्टी देशको नम्बरं एक बन्ने बताएका छन् ।
शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक सम्मेलन तथा संगठन विस्तार कार्यक्रममा उनले भने ‘देश त्यसै विग्रीएको होईन । पुराना मानसिकता र बुढा नेताहरुले गर्दा बिग्रीएको हो । नेतालाई प्रत्येक निर्वाचनमा भोट हालेर गरिब जनताले चुनाब जिताए । तर जनताले के पाए ?’
उनका अनुसार विवेकशिल साझा पार्टीले देशको नेतृत्व लिन पाए देशको भ्रष्टचार निर्मुल पार्नेछ । सम्पत्ती सुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा क्षमतावान कर्मचारी नभएकै कारण देश भ्रष्ट भएको भन्दै मिश्रले स्वास्थय उपचारका लागी जग्गा बेचेर भूुमीहिन बन्नुपर्ने परिस्थितीको सिर्जना भ्रष्ट नेताहरुकै कारण भएको आरोप लगाए ।
कार्यक्रममा ८ जना युवाहरुले विभिन्न पार्टी परित्याग गरी विवेकशिल साझा पार्टीमा प्रवेश गरेका थिए ।
प्रतिकृया दिनुहोस्