सेरोफेरो
८ जेठ काठमाडौँ । मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले विराटनगर र विरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गरेको छ। बैठकले नयाँ २२ स्थानिय तह समेत थप्ने निर्णय गरेको छ । अव स्थानिय तहको संख्या ७६६ पुगेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो ।
मधेसवादी दलहरुले स्थानिय तहको संख्या बढाउनुपर्ने र संविधान संसोधन गर्नुपर्ने माग अगाडी सार्दे आएका थिए ।
मन्त्रिपरिषदको बैठकले म्यादी प्रहरीको समायावधी थप गर्ने समेत निर्णय पनि गरेको सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्