Birendranagar Municipality

दशैं तिहारमा उडान नभरे आगामी सिजनमा सिमकोट बिमानस्थलमा उडान भर्न रोक लाइने

रत्न भण्डारी /सिमकोट
दशैं तिहारमा उडान नभरे आगामी सिजनमा सिमकोट बिमानस्थलमा उडान भर्न रोक लाइने

२० असोज । नेपालगंज र सुर्खेत बाट उडान भर्दै आएका नीजि एयरलाईन्सहरु ले दशैं, तिहारको समयमा उडान नभरे आगामी सिजनमा सिमकोट बिमानस्थलमा उडान भर्न रोक लगाउने सिमकोट गाउँपालिकाको गाउँ सभाले निर्णय गरेको छ ।


नीजि एयरलाईन्सहरुले नाफा मात्र हेर्न थाले पछि गाउँ सभाले बाध्य भएर गाउँपालिकाले त्यस्ता बिमानलाई अन्य सिजनमा उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको छ ।


एक हप्ता अगाडीसम्म सिमकोट बिमानस्थलमा उडान भर्ने गरेको भए पनि त्यस यता धेरै जहाज पुर्वतर्फ लाग्दा चाडपवएको समयमा हुम्लावासीलाई नेपालगंज र सुर्खेतबाट आवत जावत गर्न कठिन भएको भन्दै पालिकाको वर्षे गाउँसभाको अन्तिम बैठकले त्यस्ता एयरलाईन्सहरुलाई हिउँदे सिजन र आगामी पर्यटकीय सिजनमा पनि सिमकोट बिमानस्थमा उडान भर्न नदिने निर्णय गरेको पालिका अध्यक्ष पदम बहादुर लामाले बताए ।


नेपालगंज र सुर्खेतवाट उडान भर्दै आएका जीजि एयरलाईन्सहरुले केही दिन यता आफ्नो फाईदालाई लक्षित गर्दै पुर्वी जिल्लाहरुतर्फ लाग्दा जिल्लामा कम उडान हुन थालेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।


यसरी उडान कम हुँदा सिमकोटबाट नेपालगंज सुर्खेत झर्ने कर्मचारी, ब्यापारीहरु मर्कामा परेका छन भने नेपालगंज र सुर्खेतबाट आउने बिद्यार्थी, कर्मचारी झनै समस्यामा परेको उनले बताए ।


पर्यटकीय सिजनमा ८ देखि १० वटा जहाजहरुले दैनिक २५ देखि ३० फ्लाईट भर्ने गरेका थिए भने हाल तारा, समिट र मकालु एयरका एक एक वटा जहाजले दैनिक एक देखि दुई फ्लाईट भर्ने गरेका छन ।


मानसरोवर कैलाशको सिजनमा सबै भन्दा बढि फाईदा कमाउने सीता एयरका सबै जहाज अहिले सबै पुर्वतर्फ गएका छन ।

२०७५ असोज २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्