२१ असोज । पशुपतिनाथको मन्दिर विश्वभरका हिन्दूको प्रमुख मन्दिरका रूपमा चर्चित छ। पशुपतिनाथलाई केदारनाथको शिरोभाग समेत मान्ने गरिन्छ । हिन्दु धर्मालम्बीको मुख्य आस्थाको केन्द्र रहेको पशुपतिनाथमा भारतबाट भक्तजनहरु आउने गर्दछन ।
केदारनाथको शिर भएकालेप्रत्येक वर्ष पशुपतिको स्नानका लागि शिवरात्रिका दिन केदारनाथबाट पवित्र जल ल्याइन्छ। सो जलविभिन्न तीर्थस्थलको जलमा मिश्रण गरी पशुपतिनाथको स्नान गराउने गरिन्छ । देवका पनि देव शिवको पुजा गरे सवै ईच्छा पुरा हुने मान्यता रहेको छ । पशुपतिनाथ हिन्दूबाहेक अन्य धर्मावलम्बीले पनि आफ्नो आस्थाको केन्द्र मान्छन्। पशुपतिनाथमा बौद्ध धर्मालम्बीले प्रत्येक वर्ष छाया वर्षका रूपमा मनाउँछन्।
बौद्ध धर्मालम्बीले कात्तिक शुक्ल चतुदर्शीका दिन उनीहरूले छाया दर्शन गर्छन्। पशुपतिनाथ मन्दिरमा दैनिक १० हजार मानिस दर्शनका लागि आउने पशुपति क्षेत्र विकास कोषको भनाइ छ। भारतमा तीन धामको पूजा गरेपछि अन्तिममा पशुपतिनाथको पूजा गर्ने चलन भएकाले भारतीय दर्शनार्थी वर्षैभरि पशुपतिमा आउने गर्दछन् । नेपाली हिन्दुहरु समेत विभिन्न जिल्लाबाट पशुपतिनाथको दर्शन गर्न पुग्ने गर्दछन् । विशेषगरी शिवरात्रिमा लाखौंको संख्यामा दर्शनार्थी आउने गर्दछन् ।
सेरोफेरोले कैद गरेका पशुपतिनाथ क्षेत्र भित्रका दृष्यहरु हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्