Birendranagar Municipality

प्रधानमन्त्रीलाई भेट्न काठमाडौं हिंडे राउटे

सेरोफेरो/सुर्खेत
प्रधानमन्त्रीलाई भेट्न काठमाडौं हिंडे राउटे

२२ असोज । आफुलाई जंगलको ‘राजा’ मान्ने राउटे समुदायका मुखियाँ प्रधानमन्त्रीलाई भेट्न राजधानी हिडेका छन् ।


सुर्खेतको लेकवेशी नगरपालिका ९ गंगटेमा बस्दै आएका राउटे समुदायका तीन जना ‘जनता’ सहित मुखियाँ हरिबहादुर शाही राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान नेपालको संयोजनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सोमबार काठमाडौं हिडेका हुन् ।


चार्डपर्व नजिकिएसँगै प्रधानमन्त्रीसँग भेट गर्ने र ‘जनता’का गुनासो सुनाउँन काठमाडौं जान लागेको मुखियाले बताए । काठका सामग्री वेचेर जीविकोपार्जन गर्दै आएको राउटेहरु पछिल्लो समय परनिर्भर बन्दै गएका छन् ।

 

दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटेले केहि दिन अघि मात्र सुर्खेतको लेकवेशीमा वस्ती सारेका हुन् । गुराँस गाउँपालिकाले राउटेलाई अस्थायी परिचय पत्र वितरण गरेको थियो । तर, उनीहरुले परिचय पत्र जंगलमै फालेको वस्ती सारे ।

 

‘गाउँपालिकाले परिचय पत्र दिएको थियो, घरमा परिचय पत्र राखेपछि जंगलमा भएको सिकार समेत जाल (पासो)मा परेन’ उनले भने ‘त्यही भएर परिचय पत्र जंगलमै फालेर वस्ती सुर्खेत झर्‍यो ।’

 

वस्ती जहाँ सर्‍यो त्यहि ठाउँमा सामाजिक सुरक्षा भक्ता दिनुपर्ने उनीहरुको माग छ । ‘भत्ताका लागि परिचय पत्र चाहिदैन्’ उनले भने ‘परिचय पत्र राखेपछि सिकार गर्न गयो की बाँदर एउटा पनि परेन् । गाउँपालिकाबाट दिएको परिचय पत्र जंगलै फालिदियौं । त्यसैले परिचय पत्र भन्दा भत्ता दिने नीति चाहियो ।’

 

दशैको सम्मुखमा प्रधानमन्त्री ओलीलाई भेटेर दशैं खर्चसँगै राउटेका लागि घुमन्ते नीति बनाउन मुखियाले माग गर्नेछन् । यससंगै जनतासंग प्रतिवद्धता गरेअनुरुप काठमाडौंबाट कपडा र खानेकुरा पनि ल्याउने योजना छ । मुखियाका अनुसार उनीहरुले काठमाडौंबाट दशैंका लागी बली (खसी) ल्याएरै आउनेछन् ।


तर लोपोन्मुख राउटे उत्थान प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सत्यदेवी खड्का अधिकारीले भने राउटे दशैं खर्च माग्न नभई आफूहरुका लागि गास, बास र कपासको व्यवस्था गरिदिन आग्रह गर्न गएको बताएकी छन् । उनले भनिन् ‘राउटेहरु अब जंगलको भरमा मात्रै बाँच्न सम्भव छैन ।’

 

कर्णाली प्रदेश सरकारले राउटेहरुका लागि गास, बास र कपासको व्यवस्था गर्नका लागि पहल नगरेपछि उनीहरु संघिय राजधानी काठमान्डौमा प्रधानमन्त्रीलाई भेट्न गएको खड्काको भनाई छ ।

२०७५ असोज २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्