Birendranagar Municipality

गुर्जा हिमाल आरोहणका क्रममा ८ जनाको मृत्यु

गोरखापत्र
गुर्जा हिमाल आरोहणका क्रममा ८ जनाको मृत्यु

२७ असोज । म्याग्दीको धौलागिरी गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको मृत्यु भएको छ । 

 

गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब शनिवार विहान भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली हावा हुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

 

आधार शिविरमा उनीहरुको सब अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न समस्या भएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । उद्धारको लागि पुगेको हेलिकप्टर समेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुनः उद्धारमा जाने तयारी भएको बताईएको छ । असोज २१ गते सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ४ कोरियन र ३ जना नेपाली टोली आधार शिविरमा पुगेका थिए ।

 

सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियन नागरिक आधार शिविरमा पुगेका थिए । आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्क समेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागी गएका स्थानीयको टोलीले उनीहरु मृत अबस्थामा भेटीएको पुष्टी गरेको वडा अध्यक्ष छन्त्यालले जानकारी दिए ।


प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढामगरले आधार शिविरमा पर्यटकहरुको सब भेटीएको गुर्जाका स्थानीयबाट खबर आएपछि उद्धारको लागि पुगेको हेलीकप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको जानकारी दिए ।

२०७५ असोज २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्