२७ असोज । युवा संस्थाहरुको छाता संस्था नेपाल युवा संस्था संजाल (आयोन) को प्रदेश नम्वर ३ समिति गठन भएको छ । आयोनको कार्यालयमा मदन पोख्रेलको संयोजकत्वमा उक्त समिति गठन भएको हो ।
उक्त तदर्थ समिति गठनमा आयोनका पुर्व अध्यक्ष देवराज भारध्वाज र पुर्व महासचिव रमण भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम संगै बिजयादशमीको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा आयोनका अध्यक्ष हिमाल महतले युवाहरुको सवालमा यो तदर्थ समितिले काम गर्ने विश्वास व्यक्त गरे ।
प्रतिकृया दिनुहोस्