Birendranagar Municipality

'सरर आउ माया' गीतबाट भुमिका बनिन् उत्कृष्ट लोकदोहोरी गायिका

सेरोफेरो/काठमाडौं
'सरर आउ माया' गीतबाट भुमिका बनिन् उत्कृष्ट लोकदोहोरी गायिका

२७ असोज । पछिल्लो समय निकै व्यस्त गायिकाको रुपमा रहेकी भूमिका गिरी कालिका म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । गिरीले उत्कृष्ट लोकदोहोरी महिला गायिकाको पुरस्कार प्राप्त गरेकी हुन् ।

 

यस भन्दा अघि उनले विभिन्न चारवटा अवार्ड प्राप्त गरिसकेकी छन् । यस सम्मान र अवार्डले यो क्षेत्रमा लागिरहन थप प्रेरणा र हौसला मिलेको गायिका गिरीले बताईन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले पाँचौ अवार्ड हात पार्न सफल भएकी हुन् ।

 

गिरीले "सरर आउ माया" गीतबाट अवार्ड प्राप्त गरेकी हुन् । जसमा शब्द सिपी मगर, संगित रामजी खाण र स्वर भुमीका गिरी र रामजी खाणको रहेको छ । स्टेज कार्यक्रम र महोत्सवमा व्यस्त गायिका गिरीले जापान, युरोप, गल्फ लगायतका देशहरूका दर्शकविच आफ्ना प्रस्तुती दिईसकेकी छन् ।

तस्विर : भुमिकाको फेसबुकबाट

२०७५ असोज २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्