२८ असोज । पाँच वर्षमा कर्णालीको रुप फेरिने कर्णाली प्रदेश सकारकाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताएका छन् । आईतबार मन्त्रालयले गरेका मुख्यकामहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘कर्णाली प्रदेश स्रोत साधनका हिसाबले अत्यन्तै धनी प्रदेश हो । अबको पाँचवर्ष भित्रमा कर्णालीको रुप फेरिन्छ । हामी गरिब होईनौ हाम्रो मानशिकता मात्रै गरिब हो । ’ उनले थपे ‘योजना माग्ने र आधा पकेटमा हाल्ने संस्कारका कारण समाज विकास हुन नसकेको हो ।
साँच्चिकै कर्णालीको विकासका लागी श्रम प्रतीको सम्मान र विश्वास गर्ने वातावरण सिर्जना गर्नुपर्दछ ।’ कर्णाली प्रदेश सभाको संसद अवरुद्ध भईरहेने विषयमा बोल्दै मुख्यमन्त्री शाहिले जुङ्गा हेरी बजेट वितरण गर्न नपाएर पटक पटक संसद अवरुद्ध गरेको आरोप लगाए ।
उनले भने ‘रातो किताब नै किन चाहियो जबकी हामीले कर्णाली प्रदेशलाई पेपेरलेश प्रदेश घोषणा गरिसकेको छौं । बजेट सबै वइवसाईटमा हालेका छौ तर विपक्षीका सांसद रातो किताबको पछाडि छन् ।’ सांसदको सेवासुविधाको विषयमा अन्य प्रदेश सरह कर्णालीले सेवासुविधा दिन नसक्ने मुख्यमन्त्री शाहिले बताए ।
त्यस्तै कर्णाली प्रदेश सरकारका प्रमुख सचिब रामप्रसाद थपलियाले संघिय सरकारले कर्मचारी नपठाएपनी प्राविधिक कर्मचारी भर्ना नगरी अगाडि बढ्न नसक्ने भएकोले कर्णाली सरकारले त्यसको लागी आवश्यक तयारी गरेको बताएका छन् ।
कर्णाली प्रदेश सरकारका मुख्य गतिबिधिहरुमा २७ पटक मन्त्रीपरिषद्को बैठक बसी विभिन्न महत्वपुर्ण निर्णय गरेको, आर्थीक वर्ष २०७५/७६ को बजेट कार्यान्वयनको लागी आवश्यक संरचना तथा कानुनी आधार तयार गरेको, विभिन्न दातृनिकायहरुसंग कर्णाली प्रदेशमा लगानीका लागी सहमती भएको लगाएतका कामहरु कर्णाली प्रदेश सरकारले गरेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्