Birendranagar Municipality

प्रहरी अधिकृत सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारको फन्दामा

सेरोफेरो
प्रहरी अधिकृत सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारको फन्दामा

२८ असोज । सुर्खेतमा सेवाग्राहीसंग घुस रकम लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षकसहित दुई जना पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई पक्राउ गरेको हो ।


पञ्चपुरी नगरपालिका–२ सालकोटमा रहेको अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले जानकारी दिए ।


उनका अनुसार सुनचाँदी पसल चोरी भएको र पक्राउ गर्नमा सहजिकरण गरिदिए वापत उनीहरुले घुस रकम मागेका थिए । पक्राउ परेका दुवै जनालाई आयोगले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ ।

ghus

 

२०७५ असोज २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्