२८ असोज । पानीपुरी खाँदा एकैगाउँका ३३ जना बिरामी परेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका ११ का ३३ जना बिरामी परेका हुन् । बिरामी हुनेमा महिला तथा बालबालिका रहेका छन् । उनिहरुलाई मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पाताल कालागाउँमा उपचारको लगिएको छ ।
गाउँमा ठेलामा बेच्न राखेको पानीपुरी खाँदा उनीहरु विरामी परेका हुन् । विरामी हुने महिला तथा बालबालिका रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनिहरु आइतबार साँझ बिरामी भएका हुन् । बिरामीहरुमा वान्ता हुने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्ने जस्ता लक्षण देखा परेको छ ।
पानीपुरी बेच्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उपचारमा कुनै कसर बाँकी नराख्न भौतीक पूर्वाधार मन्त्री खड्क बहादुर खत्रीले अस्पताललाई निर्देशन दिएका छन्।
तस्विर : चिन्तामणी शर्माको फेसबुकबाट
प्रतिकृया दिनुहोस्