२९ असोज । रेशम वली र टीका पुनको दशै तिहार गीत "गाउँघर" बजारमा आएको छ । हिन्दुहरुको महान चार्ड बिजयादशमी र दिपावलीको अवसर पारेरले गायक रेशम वलीले पहिलो कोषेली स्वरुप यो गीत बजारमा ल्याएका हुन् ।
विभिन्न कारणले घर छाडेर बाहिर जानुपर्ने र बाहिर बसेर चार्डपर्वको याद गर्दाको पिडालाई समेटेर यो ल्याइएको गायक वली बताउँछन् । हामी नेपालीहरु रोजगारको शिलशिलामा विदेश जानुपर्ने बाध्यता छ र चार्डपर्वमा गाउँको यादले सवैलाई सताउँछ, यही सन्दर्भलाई जोडेर मैले यो गीत निकालेको गायक वली बताए ।
रमेश विजीको शब्द, झलक संगितमको एरेन्ज रहेको गितमा चर्चित गायिका टिका पुन र रेशम वलीको स्वर रहेको छ । यो गितमा दिपासा विसी (जलपरी) र पवन योगीको अभिनय रहेको छन् । साथै यसको कोरियोग्राफी मौसम हिमालीको रहेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्