२९ असोज । नवसन्दर्भ बचत तथा ऋण सहकारी संस्था को ९ र्औ वार्षीक साधारण सभा सम्पन्न भएको छ । वीरेन्द्रनगर १५ मा सम्पन्न साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले सहकारीले युवाहरुलाई मालीक बनाउने बताएका छन् । सोमबार सम्पन्न साधारण सभामा उनले भने ‘ हिजो साहुमहाजनहरुको घरमा गएर भिक मागेजस्तै ऋण मागेर युवाहरुले व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था थियो ।
साहुबाट ल्याएको ऋण सयकडा पांचले दोब्बर तिर्नुपर्ने बाध्यताले संधै अर्काको दास बन्नु पर्ने स्थितीबाट सहकारीले युवाहरुलाई आज मालीक बनाएको छ । ’ सहकारी धनी भए शेयर सदस्य पनी धनी हुने भन्दै अध्यक्ष बिसीले सहकारीसंस्थामाम ढुक्कका साथ बचत गरी आएको ब्याजबाट समेत फाईदा लिन सबैलाई आग्रह गरे ।
उनले थपे ‘आफ्नो ठांउमा काम गर्न लाजमान्ने प्रवृत्तिले आज नेपालबाट दैनिक लार्खौ युवाहरु विदेशीनु परेको छ । अब ति युुुवाहरुलाई विदेशीनबाट रोक्ने एक मात्र माध्यम सहकारी संस्था हो । जसले बेरोजगार युवाहरुलाई रोजगार दिनुपर्दछ ।’
हिजो देखी बिकटताको चपेटामा परेको राजधानी संग जोडिएको वीरेन्द्रनगर नगरपालीकाको १५ नं वडा रतुलाई फलफुल तथा पशुपालनको पकेट क्षेत्र बनाउनुपर्ने भन्दै अध्यक्ष बिसीले विकासका लागी कृषी क्रान्ती आवश्यक भएको बताएका थिए ।
त्यस्तै संस्थाका अध्यक्ष शक्तीबहादुर थापा ( बुढाले ) संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका माध्यमबाट वीरेन्द्रनगर नगरपालीकाको भौगोलिक विकटता भएको वडा रतुलाई सम्बृद्धि तर्फ लैजाने बताए । विवीध कारण यो संस्थाको आर्थिक कारोबारो कम भएको बताउंदै अध्यक्ष थापाले आगामी वर्षमा करिब २० लाख बराबरको शेयर रकम वृद्धि गर्ने लक्ष्य संस्थाको रहेको बताएका थिए ।
हाल करिब दुईसय पचास शेयर सदस्य भएको नवसन्दर्भ सहकारीमा आगामी वर्षमा ५ सय शेयर धनी पुर्याउने लक्ष्य संस्थाले बोकेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालीका वडा नं १५ का वडा सदस्य दलबहादुर खत्रीले नवसन्दर्भ सहकारी संस्था सुर्खेत जिल्लाकै नमुना सहकारीको रुपमा विकास गर्नका लागी अगाडि बढ्ने बताए ।
संस्थाले एकवर्षमा गरेको आर्थिक कारोबार प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका लेखासमिती संयोजक खिमप्रसाद चपाईले थोरै लगानीबाट शुरुवात गरिएको सहकारीले एकवर्षमा करिब साढे ४ लाख बराबरको मात्रै कारोबारो गरेको बताएका थिए ।
प्रतिकृया दिनुहोस्