सेरोफेरो
१० जेठ, सुर्खेत । कालिकोटको नरहरीनाथ गाउंपालिकाको अध्यक्षमा एमालेका धीर बहादुर विष्ट विजयी भएका छन् ।
उनले कांग्रेसका मीन बहादुर बोगटीलाई २३२ मतले पछि पारेका हुन् । विष्टले दुइ हजार चार सय ६० मत ल्याएका थिए भने बोगटीले २ हजार २ सय २८ मत ल्याए ।
उपाध्यक्षमा माओवादी केन्द्रका मन्शोभा बुढा विजयी भएकी छन् । काँग्रेसकी सुसीला शाहीलाई बुढाले ६ मतले पछि पारिन् । उनले २ हजार दुई सय ४९ मत प्राप्त गरिन् भने शाहीले २ हजार दुइ सय ४३ मत पाइन ।
नरहरीनाथ गाउंपालिकाकाको १, ३, ८ र ९ वडामा एमाले, ५, ६ र ७ मा माओवादी केन्द्र विजयी भएको छ भने २ र ४ मा काँग्रेस विजयी भएको छ ।
कालिकोटका ९ तह मध्ये २ नगरपालिका र ३ गाउँपालिका माओवादी केन्द्र, १ नगरपालिका २ गाउंपालिकामा एमाले र १ गाउँपालिकामा काँग्रेसविजयी भएको छ ।
यससंगै ६ नं. प्रदेशका सबै स्थानीय तहको मत गणना सकिएको छ । जम्मा ७९ तह मध्ये नेकपा एमाले २७ स्थानमा विजयी भएर पहिलो दल भएको छ । भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र २५/२५ स्थानमा विजयी भई बराबरी स्थानमा हासिल गरेका छन् । दुइ वटा स्थानिय तहमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् ।
प्रतिकृया दिनुहोस्