२९ असोज । आज भन्दा १ दशक अघि सम्म जुम्लामा दशैको चहलपहल शुरु नहुदै बालबालिकामा चङ्गा बनाउने चटारो शुरु हुन्थ्यो । दशैमा विद्यालय पनि बन्द हुने भएकाले बालबालिकाहरु हप्ता सम्म पनि चङ्गा उडाउन व्यस्त हुन्थे । सबै संगी रमाईलो गर्ने, तेलका कागज, निगालाका चोईटा, र मोटा मोटा धागाले चङ्गा उडाउथे । तर पछिल्ला केहि चङ्गा उडाउने परम्परा हराउदै गएको छ ।
फेरिदो दशै संस्कृति र बाहिरी संस्कृति हावि हुदै गएपछि दशैको मुख्य आकर्षणको रुपमा रहेको चङ्गा सस्कृति हराउदै गएको हो । भाषाको सस्कृतिको मुख्य केन्द्र रहेको जुम्ला चङ्गा सस्कृतिको ईतिहास पनि पुरानो छ । खष राज्य भएको बेला पनि चङ्गामा शासकहरु रमाउने गरेको ईतिहासमा उल्लेख गरेको भेटिन्छ । चङ्गा उडाउने संस्कृति दशैको एउटा पाटो भएको सस्कृति सम्बन्धि जानकारहरु बताउछन् ।
संस्कृति सम्बन्धि जानकार रमानन्द आचार्य बाल्यकालमा आफुहरु अग्ला डाँडामा गएर चङ्गा उडाउने गरेको सम्झिन्छन् । उनी भन्छन्, अहिलेका बालबालिका मोबाईलका चङ्गा गेम खेल्छन्, बजारमा पाईने कागजका चङ्गा उडाउछन् । यद्यपी चङ्गा संस्कृति पुरानो भएको यसको संस्कृति जोगाउनु सबैको कतव्र्य भएको उनको भनाई छ । चन्दननाथ नरगपालिका ५ सिंगाचौरका प्रदिप नेपालीले यस वर्ष चङ्गा दुई दिन अघि नै किनि सकेको थिए । रेडियोमा काईट फेस्टिवल हुदै छ । भन्ने सुनेका उनले आमा संग २ सय रुपैया मागेर त्यसको जोहो गरेका हुन् ।
गाउँका अंकलको छोरा संग आफु गएको र रमाएको उनको भनाई रहेको छ । युवा सन्देश शाहि यस्ता किसिमका प्रतियोगिता नै आयोजना हुनु पर्ने बताउछन् । पछिल्लो जुम्लामा युवाहरुको सक्रियतामा चङ्गा फेस्टीबल नै हुने गरेको छ । युवाहरुको सक्रियतामा शुरु भएको फेस्टिबलमा बालबालिका तथा युवाहरुको आकर्षण देखिएको छ । यसैवीच, कान्जिरोवा टाईम्सको आयोजनामा भएको “दोस्रो जुम्ला चङ्गा फेस्टिबल २०७५ ”मा विहानै देखी जुम्लाको प्रसिद्ध चन्दनाथ मन्दिरमा बालबालिका तथा युवा युवतीहरुको भिड लागेको थियो । उनीहरु स्वर्त स्फुर्तमा सिरसिरे हावामा चङ्गा उडाउदै रमाएको देखिन्थे । भने हेर्नेहरुको पनि लामै भिड लागेको थियो ।
आयोजक कान्जिरोवा टाईम्सका निर्देशक सरोज शाहिले हराउदै गरेको संस्कृतिको संस्कृति संरक्षणको लागि आफुरुले वर्षेनी फेस्टिबल शुरु गरेको बताए । आम जिल्लाबासी लाई पुरानो संस्कृति संरक्षणमा ध्यानाकर्षण र रमाईलो प्रदान गर्ने उद्देश्य हाम्रो हो । उनले भने, यसलाई निरन्तरता दिने र चङ्गा पर्यटन विकास गर्ने हाम्रो ध्याय रहेको छ । कान्जिरोवा टाईम्सका सम्पादक महेश नेपालीले कान्जिरोवा टाईम्सले समाजमा लुकेर रहेका प्रतिभा, संंस्कृति र खोज पत्रकारितालाई जोड दिईरहेको बताए । यस्तै आजै विभिन्न स्थानिय कलाकारहरुले आफ्ना प्रस्तुति देखाएका छन् ।
प्रतिकृया दिनुहोस्