३१ असोज । सुर्खेतमा जुवा खेल्दै गर्दा प्रहरीले नगद रु ९९०६५ सहित पाँच जनालाई पक्राउ गरेको छ । असोज २९ गते राती करिव १२ बजे उनिहरुलाई वीरेन्द्रनगर १० नयाँ बसपार्क स्थित चाईना गेट होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर ६ का प्रकाश मल्ल, हिक्मत योगी, गौतम पाण्डे, ललित कुमार बस्नेत र राजेन्द्र कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ५ दफा (१२५) अन्तर्गत सामाजिक हित स्वास्थ्य सुविधा र नैतिकता विरुद्ध कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
तस्विर : गुगल
प्रतिकृया दिनुहोस्