३१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजयादशमीमा सर्वसाधारणलाई टिका लगाईदिने कार्यक्रम तय भएको छ । २०७५ असोज २ गते, शुक्रवार, दशमी दिन विहान ९ः४५-१०ः०० सम्म प्रधानमन्त्रीले पिता श्री मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गर्ने कार्यक्रम छ । यसै गरी विहान १०:०० पछि सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्रीले टिका लगाईदिने तालिम तय भएको छ ।
दिउँसो १.०० बजे सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीले टिका ग्रहण गर्नेछन् ।
दिउँसो २ः०० बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुले प्रधानमन्त्री ओलीबाट टिका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
दशमीको दिन अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणहरु लाई प्रधानमन्त्रीले टिका लगाईदिने कार्यक्रम रहेको छ । यस्तै साँझ ६ः०० बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टिका ग्रहण गर्ने तालिका सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस्