आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका छन् ।
प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुन्छ।
प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन पेश गरेको थियो ।
सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भुमिका सन्तोषजनक नरहेको भन्दै खोट देखाएको थियो। विष्टमाथि घटनामा प्रमाण नष्ट गरेको आरोप छ । उनी अहिले निलम्वनमा परेका छन्। आइजिपी खनाल कंचनपुर पुगेर घटनास्थलको अवलोकन र स्थानीयसँग छलफल गरेका थिए।
निर्मलाका आमाबाबु पनि काठमाडौं आएर छोरीको हत्यारा खोजिदिन खनालसँग आग्रह गरेका थिए। गत साउन १० गते घरबाट साथीको घर हिँडेकी निर्मलाको शव ११ गते उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएको थियो।
सेतोपाटीबाट
प्रतिकृया दिनुहोस्