२ कार्तिक । २०७५ सालको वडा दशैंको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । सन्देशमा लामो राजनीतिक संघर्षको युगपार गरेरहाम्रो देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको छ र यस बीच जननिर्वाचित संविधान सभाबाट संविधान जारी भइ सकेपछि तीन वटै तहका निर्वाचनहरु सम्पन्न भएको उल्लेख गर्दे देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक–आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको बताएका छन् ।
सन्देशमा देशमा रहेको कामगर्न सक्ने उमेर समूहको युवा समृद्धिको एउटा प्रमुख आधार भएको र यो उमेर समुहको जनसंख्या रोजगारको खोजी मा विदेशीभूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको स्मरण गर्दे सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील रहेको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्रीको शुभकामना सन्देश :


प्रतिकृया दिनुहोस्