Birendranagar Municipality

दशैका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश

सेरोफेरो/काठमाडौं
दशैका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश

२ कार्तिक । नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को उपलक्ष्यमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् । राष्ट्रपतिको सन्देशमा असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रुपमा मनाउने गरिएको विजया दशमीले सबै नेपालीलाई आ आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको उल्लेख छ । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो साँस्कृतिक बैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्‍भाव र आत्मीय भातृत्व अभिबृद्धिमा ठूलो मद्दत पुग्ने उनको सन्दशमा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा अनादिकाल देखि हर्षोल्लास पूर्वक परम्परागत मनाउने गरिएका विभिन्‍न चाडपर्वहरुले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्‍न महत्वपूर्ण योगदान गरेको उल्लेख गरेकी छन् । हाम्रो धरोहरका रूपमा रहेका चाडपर्वहरु बहुमूल्य साँस्कृतिक सम्पदासमेत हुन् र यिनको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास लिएको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश:

२०७५ कार्तिक २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्