Birendranagar Municipality

नेतृत्वको तीव्र ईच्छा शक्ति र मेहनतबाट कर्णाली छिट्टै समृद्ध बन्छ : मुख्यमन्त्री शाही

सेरोफेरो

२ कार्तिक । प्रदेश सरकारको तीव्र ईच्छा शक्ति र मेहनतबाट कर्णाली छिट्टै समृछ बन्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । नेपालीहरुका महान चाडहरु विजयादशमी, तिहार, र छठ पर्व २०७५ को पावन अवसरमा स्वदेश दिदै उनले सो कुरा बताएका हुन् ।

 

मुख्यमन्त्री शाहीले जनतालाई जनताको घरआँगनमै सेवा र विकास दिने उद्धेश्यले नेपालमा पहिलो पटक केन्द्रीकृत शासन प्रणालीको विकल्पमा संघीय शासन प्रणाली शूरु भएको स्मरण गरेका छन् । जनअपेक्षा वमोजिम सार्वजनिक सेवा तथा विकास निर्माण कार्यलाई अगाडि वढाउन आवश्यक कानुन, संरचना र योजना निर्माणमा प्रदेश सरकार लागिपरेको सन्देशमा उल्लेख छ ।

 

शाहीले तीव्र गतिमा आर्थिक, सामाजिक तथा भौतिक विकास गरी समाजिक न्याय सहितको समृद्ध प्रदेश र समृद्ध राष्ट्र निर्माण गरी संघीयताको लाभ जनतालाई हस्तान्तरण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

 

CM Karnali

२०७५ कार्तिक २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्