Birendranagar Municipality

एच आइ भी संक्रमित बालबालिकाले प्रधानमन्त्रीको हातबाट टिका लगाए

सेरोफेरो/काठमाडौं
एच आइ भी संक्रमित बालबालिकाले प्रधानमन्त्रीको हातबाट टिका लगाए

३ कार्तिक । एच आइ भी संक्रमित बालबालिकाहरुले प्रधानमन्त्रीको हात बाट दशैको टिका लगाएका छन् । उनिहरुलाई प्रधानमन्त्री केपीशर्मा ओली र प्रथममहिला राधिकाशाक्यले दशैको टिका लगाईदिएका हुन् ।


शिक्षा सदनकिर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकाले आज प्रधानमन्त्री निवास बालुवाटारमा टिका ग्रहण गरेका हुन् ।


सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षकहरुसँग चासो समेत राखेका थिय ।

२०७५ कार्तिक ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्