Birendranagar Municipality

बाँदर धपाउन हानेको गोली लागेर एकको मृत्यु

रत्न भण्डारी (रबिन)/हुम्ला
बाँदर धपाउन हानेको गोली लागेर एकको मृत्यु

४ कार्तिक । बाँदर धपाउन भरुवा बन्दुक चलाउदा एक जनाको मृत्यु भएको छ । गोली लागेर सर्केगार्ड गाँउपालिका ९ रीप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ ।


सोही ठाउँ बस्ने ४० वर्षीय रंगमल महतराले आफ्नो स्याउ फारममा आएका बाँदर भगाउन पड्काएको भरूवा बन्दुकको गोली सोही ठाउँस्थित गोठालो गएका सुरेन्द्रलाई लागेर गम्भीर घाइते भएकाले उपचारको लागि स्वास्थ्य चौकी रीपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

महतरालाई उक्त भरूवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ कार्तिक ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्