५ कात्तिक। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमवार सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । यसैगरी सोमबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिदेखिका सम्वन्धमा समेत निकै समय छलफल भएको बुझिएको छ ।
बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो । मानन्धरले बामदेव गौतमलाई आफ्नो क्षेत्रबाट सांसद बनाउने भन्दै पार्टीमा राजिनामा दिएका थिय ।
सोमबारको बैठकमा नेताहरुका असन्तुष्टि र नीतिगत रुपमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिवद्धता अध्यक्षद्धयले व्यक्त गरेका थिए । बैठकमा विशेषतः अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति नेताहरुको असन्तुष्टि थियो ।
अघिल्लो सचिवालय बैठकले सात प्रदेशका इञ्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको निर्णयमा माधव नेपालले लिखित असहमति जनाएका थिए । उनले सो निर्णय फिर्ता लिनुपर्ने र मापदण्ड बनाएर सच्याउनुपर्ने प्रस्ताव राखेका थिए । तर, आइतबार र सोमबार बसेको बैठकले सो निर्णयलाई सदर गरेको छ ।
प्रतिकृया दिनुहोस्